देश

कांग्रेसकाे प्रतिनिधि अभिमुखीकरण कार्यक्रममा सानेपामा जारी

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिएको छ।

पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र डिला संग्रौलालगायत सहभागी छन्।

उक्त कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशन प्रक्रियासम्बन्धी आवश्यक जानकारी र निर्देशन प्रदान गरिने जनाइएको छ।
कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन बनाउनको लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको हो।

कांग्रेसको महाधिवेशन असोज १६९१९ मा काठमाडौंमा हुने तय भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *