काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गर्दै प्रदेशस्तरीय संवादलाई निरन्तरता दिएका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालयमा आयोजित भेटघाटमा विभिन्न समसामयिक विषयमा विचार आदान–प्रदान गरिएको जनाइएको छ।
प्रधानमन्त्री शाहले यसअघि नै कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेका छन्। सोही शृङ्खलाअन्तर्गत गण्डकी प्रदेशका सांसदहरूसँग पनि भेटवार्ता गरिएको हो।
सरकार र प्रदेशबीच समन्वय बढाउने उद्देश्यले यस्ता छलफललाई प्राथमिकता दिइएको बुझिएको छ। छलफलमा विकास, समन्वय र प्रदेशका समस्या समाधानका विषय उठान भएको स्रोतले जनाएको छ।




