देश

४० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट ४० हजार रुपियाँ घुस रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

शुक्रबार प्रहरी निरीक्षक वकिल अधिकारीलाई अख्तियारले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक अधिकारीलाई रङ्गेहात नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी निरीक्षक अधिकारीले विभिन्न बहाना बनाएर निर्माण कार्यमा प्रयोग हुने सवारी साधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने तथा काममा निरन्तर दुःख–हैरानी दिने गरेका थिए । सोही क्रममा ठेकेदारसँग रकम माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *