देश

नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला।यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरेको छ ।

कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२-८३ को बजेट कार्यक्रम शीर्षकअन्तर्गत सिंजाको चुलेलगाँउ–नराकोट–धापा–कोटघर–कुनौटा हुँदै लौडीसिम लुड्कु–हाटसिंजा सडक स्तरोन्नतिका स्रोत सुनिश्चित भएको हो ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले १५ करोड १९ लाख बजेटसहित बहुवर्षीय स्रोत सुनिश्चित भएको जानकारी दिए । यसैबीच नरोकाट बजारदेखि हाटसिंजासम्मको पाँच किलोमिटर सडक कालोपत्र गर्नेका लागि पहिलो चरणमा आइतबार रु ११ करोडको ठेक्का आह्वान गरिएको छ ।

सडक निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको रारा तालसम्म जाने पर्यटन र वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयलाई निकै सहज हुने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

प्रदेश सरकारले जिल्लाको समस्यालाई बुझेर उक्त बजेटको स्रोत सुनिश्चित गरेको र अब समयमै गुणस्तरीय काम सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने उनको आग्रह छ ।

स्रोत सुनिश्चित भएपछि आगामी तीन वर्षभित्र सडक योजना सम्पन्न गरी सञ्चालनमा ल्याइने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *