मुख्य समाचार

सहमतिका लागि कांग्रेस पछि हट्यो, सभामुख दौडमा उम्मेदवार नउठाउने निर्णय

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया चलिरहँदा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका शीर्ष नेताहरूको बैठकले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै यस्तो निष्कर्ष निकालेको हो।

शुक्रबार बसेको बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले सभामुख पदमा उम्मेदवार नउठाउने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार संसदलाई टकरावको थलोभन्दा सहमति र सहकार्यको मञ्चका रूपमा अघि बढाउन यो कदम चालिएको हो।

कांग्रेसले जनमतको भावनालाई सम्मान गर्दै प्रतिस्पर्धामा नउत्रिने रणनीति अपनाएको बताइएको छ। यस निर्णयसँगै सभामुख चयनको समीकरण झन् स्पष्ट हुने देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसको यो कदमले सत्तापक्षका उम्मेदवारलाई सहज बाटो खुला गरिदिएको छ भने संसदमा सहकार्यको सन्देश पनि दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *