काठमाडौं ।गृहमन्त्री सुदन गुरुङको मन्त्रालयको सोफामा सुतेको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ।
मन्त्री गुरुङले सोफामा सुतेको तस्वीर पोष्ट गर्दै लेखेका छन्, “निर्माताभन्दा ठूलो निर्माण नहुने र जनताभन्दा माथि सरकार नहुने।”
गएराती उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका थिए र त्यसपछि जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न राति नै केएमसी अस्पताल पुगेका थिए।
त्यसपछि मन्त्रालय फर्केपछि सोफामा आराम गर्दै सुतेको तस्बीर खिचिएको बुझिएको छ।




