देश

एमाले सचिवालय बैठक बस्दै, बादलको अभिव्यक्ति एजेण्डा

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैे छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ । थापाको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराई र अर्का उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाउँदै सचिवालय बैठकले यसबारे निर्णय गर्ने बताएका छन् । बादलले संसद बैठकमा रास्वपाको यो परिणाम आउनुमा नेपाली सेना, कर्मचारी, बारबरा फाउण्डेशनको हात रहेको बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *