देश

प्रलोपाः राष्ट्रहितमा सहयोग, विपरीतमा प्रतिपक्ष

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै सरकारलाई जनचाहनाअनुसार काम गर्न दबाब दिने र आवश्यक परे प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौँस्थित केन्द्रीय कार्यालयमा सन्तोष परियारको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्पूर्ण निकाय, राजनीतिक दल र मतदाताप्रति धन्यवाद व्यक्त गरेको छ ।

साथै जनमत प्राप्त गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनचाहनाअनुसार सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नगरी नेपाली समाजको रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गर्न शुभकामना दिएको छ ।

त्यसैगरी कार्की आयोगको प्रतिवेदनमाथि छलफल गर्दै आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्न दोषीलाई बिनापूर्वाग्रह कारबाही गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *