देश

“प्रदेश संरचनामा एक खर्ब खर्च, खारेज गर्नुपर्छ”– शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको पहिलो बैठकमा प्रदेश संरचना खारेज गर्न सरकारसँग माग गरेका छन्।

सांसद शाहीले भने, “देशमा अहिले ८८४ जना सांसद छौँ, र एक वर्षमा प्रदेश संरचनालाई सञ्चालन गर्न एक खर्ब रुपैयाँ खर्च गर्नुपर्छ। यो संरचना राजनीतिक दलका कार्यकर्तालाई सेटलमेन्ट गर्न ल्याइएको हो। यही संसदबाट यही सरकारले यसलाई खारेज गर्नुपर्छ। यदि बहुमत पुगेन भने हामीले पनि सहयोग गर्नेछौं। १८४ चाहिन्छ भने हामी १८७ पुर्‍याउँछौँ।”

शाहीले वार्षिक एक खर्ब रुपैयाँ जनताको पैसा प्रदेश संरचनाको नाममा खर्च भइरहेको उल्लेख गर्दै सरकारसँग यसलाई रोक्न आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *