विश्व

इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्ररित गर्दै मुलुकको पूर्वाधार पुनःस्थापना गर्न राष्ट्रव्यापी अभियानको आह्वान गर्नु भएको छ ।

इस्लामिक गणतन्त्र दिवस र राष्ट्रिय प्रकृति दिवस मनाउन बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्वोदन गर्दै उहाँले यस्तो आह्वान गर्नु भएको हो । देशमा द्वन्द्व पछि निरन्तर समृद्धि सुनिश्चित गर्न सयुक्त प्रयासमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनु भएको छ ।

मिडियाका अनुसार स्वर्गीय अयातुल्ला अली खामेनीका सुपुत्र सर्वोच्च मोजताबा खमेनीले युद्वले यहाँका मानिसहरुमा मात्र प्रभाव नगरि धेरै क्षेत्रलाई लक्षित गरेको उल्लेख गर्नु भएको छ । उहाँले अमेरिकी आक्रमणको निन्दा गर्दै यस्तो समयमा राष्ट्र आन्तरिक विकासमा केन्द्रित रहनुपर्ने बताउनु भएको छ ।

जनताको समर्थनलाई आत्मसाथ गर्दै उहाँले पछिल्लो समयमा राष्ट्रले स्थिरता र गरिमा को भावना कायम राखेको बताएको मिडियाले जनाएको छ ।

सम्बोधन फेब्रुअरी– २८ मा भएको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरू प्रति समर्पित गरिएको मिडियाले रिपोर्ट गरेका छन् । यसैबीच उहाँले मिनाबको विद्यालयमा भएको आक्रमणलाई विर्सिन नसकेको बताउनु भएको छ । जसको परिणामस्वरूप १८६ जना विद्यार्थीको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *