काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।
मंगलबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सभामुख निर्वाचनको मिति तय गरिएको हो । सभामुखको निर्वाचनका लागि पर्सि २० गते मनोनयन दर्ता गरिने निर्णय भएको रास्वपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।
‘मनोनयन दर्ता पर्सिका लागि हुने कुरा भएको छ । निर्वाचन चाहिँ २२ गते गरेर सोही दिन पदवाहली पनि गर्ने कुरा भएको छ’ उनले भनिन् ।




