देश

काँग्रेसको केन्द्रीय अनुशासन समिति बैठक जारी, पार्टीभित्र विवाद थप चर्कियो

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयअघि बैठक प्रारम्भ भएको हो।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि पार्टीभित्रको आन्तरिक विवाद झन् तीव्र बनेको छ। सोही विकसित घटनाक्रम, नेताहरूको सार्वजनिक अभिव्यक्ति र पार्टी अनुशासनसम्बन्धी विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, संस्थापन र संस्थापनइतर पक्षबीच बढ्दो आरोप–प्रत्यारोप तथा पार्टीको आधिकारिक धारणा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा केन्द्रित छलफल भइरहेको बताइएको छ।

लेखक पक्राउ प्रकरणपछि कांग्रेसभित्र एक पक्षले सरकारको कदमको विरोध गरिरहेको छ भने अर्को पक्षले पार्टी अनुशासन र सार्वजनिक सन्देशलाई प्राथमिकतामा राख्नुपर्ने धारणा अघि सारेको छ। यही पृष्ठभूमिमा आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *