देश

कांग्रेस संस्थापनइतर पक्षको केन्द्रीय समिति बैठक जारी, आगामी रणनीतिमा गहन छलफल

काठमाडौं । नेपाली काँग्रेसका संस्थापनइतर नेताहरूको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ। मंगलबारबाट सुरु भएको बैठकलाई बुधबार निरन्तरता दिइएको हो।

पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाको प्रतीक्षा गरिरहेको पूर्णबहादुर खड्का–शेखर कोइराला समूहले आगामी राजनीतिक तय गर्न छलफल तीव्र बनाएको छ।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा जारी बैठकमा १४औँ केन्द्रीय कार्यसमितिमा यस समूहसँग आबद्ध नेताहरू सहभागी रहेका छन्। आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको समेत सहभागिता रहेको स्रोतले जनाएको छ।

बैठकमा सर्वोच्च अदालतको सम्भावित फैसला, त्यसपछिको संगठनात्मक कदम, संसदीय रणनीति तथा पार्टीभित्र शक्ति सन्तुलन कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित छलफल भइरहेको बताइएको छ। काँग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *