देश

संसद सचिवालयमा सर्वदलीय बैठक जारी

काठमाडौँ । संसद् सचिवालयमा सर्वदलीय बैठक जारी रहेको छ ।संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बोलाएको बैठकमा प्रतिनिधि सभामा निर्वाचित दलका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गरिरहेका छन् । बैठकले विहिबारदेखि शुरु हुने बैठकको कार्यसूचीसहित बैठक संचालनको बिधि बारे छलफल हुने बताइएको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक विहिबार दिउसो २ बजेका लागि बोलाइएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *