देश

संघीय संसद सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद्को अधिवेशन चैत्र १९ गतेदेखि शुरु हुने भएपछि संघीय संसद् सचिवालयले तयारी शुरु गरेको छ ।

संसद सचिवालयले अधिवेशन अघि तयारीका बारेमा छलफल गर्न दलहरूको बैठक आह्वान गरेको हो । बैठकको तयारीका लागि आज दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा सर्वदलीय बैठक बस्ने भएको हो ।

बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *