काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित आरोपमा पक्राउ परेका काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ।
मंगलबार अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको सुविधानगरबाट नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रहरी परिसरले उनलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तसहित रिहा गरेको जनाएको छ।
सहसचिवसमेत रहेका रिजाल जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए। भदौ २३ र २४ गते भएको उक्त आन्दोलनका क्रममा दमनात्मक भूमिका खेलेको आरोप उनीमाथि लागेको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




