देश

बैंकिङ मुद्दा मिलाइदिने भन्दै घुस लिँदा मालिगाउँका सई पक्राउ

काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दा मिलाइदिने नाममा घुस लिएको आरोपमा प्रहरी वृत्त मालिगाउँमा कार्यरत एक प्रहरी अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतलाई २० हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको हो। आयोगका अनुसार राउतले जाहेरवालाको रकम फिर्ता गराइदिने भन्दै सेवाग्राहीसँग अवैध रकम मागेका थिए। सोही क्रममा घुस लिँदै गर्दा उनलाई काठमाडौंको गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट साँझ करिब ५ बजे पक्राउ गरिएको हो।

३५ वर्षीय राउतमाथि थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ। प्रहरी संगठनभित्रै कार्यरत अधिकृत घुस प्रकरणमा मुछिनुले सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको विश्लेषण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *