देश

अध्यक्ष ओली पक्राउविरुद्ध यस्ता छन् एमालेको आन्दोलनका कार्यक्रम

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम घोषणा गरेको छ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र बदला–प्रेरित भन्दै त्यसको विरोधमा आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको हो।

महासचिव शंकर पोखरेलका अनुसार शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत दमन गरेको आरोप लगाउँदै त्यसविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ। पार्टीले वैशाख १२ गतेसम्म विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *