देश

गृहमन्त्री गुरुङ र आइजीपी अर्यालबीच छलफल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजीपी) राजु अर्यालसहितको उच्चस्तरीय टोलीबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

बैठकमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीबारे विस्तृत रूपमा छलफल गरिएको जनाइएको छ। सम्भावित विपद्का जोखिम न्यूनीकरण गर्न प्रभावकारी रणनीति निर्माण, स्रोत–साधनको व्यवस्थापन तथा सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

त्यसैगरी, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको छ। सीमा गस्तीलाई थप सशक्त बनाउँदै तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी दिइएको छ।

सरकारले पछिल्लो समय बढ्दो विपद् जोखिम र सीमासम्बन्धी चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *