देश

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, दुई दिन चल्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।

आज धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेदेखि शुरु हुने बैठक भोली सम्म बस्ने बताइएको छ । सोमबार नवनिर्वाचित सांसदहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *