देश

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अवकाशमा, सपना प्रधान मल्ल कायममुकायम नेतृत्वमा

काठमाडौँ । प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । त्यसलगत्तै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नेछिन् ।

कानून व्यवसायी पृष्ठभूमिबाट न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै २०८१ असोजमा प्रधानन्यायाधीश बनेका थिए । उनले कानून व्यवसायीका रूपमा ३३ वर्ष र सर्वोच्च अदालतका न्यायाधीशका रूपमा ८ वर्ष सेवा गरेपछि उक्त पदमा नियुक्ति पाएका थिए ।

यसैगरी, कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानून व्यवसायी पृष्ठभूमिबाटै न्यायसेवामा आएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *