काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले भूमि तथा सुकुम्बासीसँग सम्बन्धित जटिल समस्या समाधागि नका लामोरङ–३ क्षेत्रलाई ‘पाइलट प्रोजेक्ट’का रूपमा अझाघि बढाउन सुव दिएका छन्।
कोशी प्रदेशका प्रत्यक्ष निर्वाचितहरू र प्रधानमन्त्री सांसदबीच भएको छलफलका क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन्। उनका अनुसार भूमि र सुकुम्बासी समस्या देशका विभिन्न स्थानमा रहे पनि मोरङ–३ क्षेत्र विशेष रूपमा जटिल भएकाले त्यहाँबाट समाधानको अभ्यास सुरु गर्न उपयुक्त हुने बताए।
कार्कीले मोरङ–३ मा गरिएको सफल अभ्यासलाई देशका अन्य स्थानमा विस्तार गर्न सकिने धारणा व्यक्त गरे। उनले भने, “यो क्षेत्रमा पाइलट प्रोजेक्ट सञ्चालन गरी प्राप्त अनुभवलाई अन्य क्षेत्रमा लागू गर्न सकिन्छ।”
उनको प्रस्तावले भूमि व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि नयाँ मोडेल विकास गर्ने अपेक्षा गरिएको छ।




