देश

सांसद हर्क साङपाङलाई एक महिलाले ज्यान मार्ने धम्की दिएपछि साइबर ब्युरोमा उजुरी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको दाबी गर्दै साइबर ब्युरोमा औपचारिक उजुरी दिएका छन्। साम्पाङले ‘सुनिता खड्का’ नामक टिकटक आईडीबाट धम्कीपूर्ण सन्देश आएको उल्लेख गर्दै सम्बन्धित व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। उनले उक्त सन्देशसँग सम्बन्धित भिडिओ र फोटो प्रमाण समेत साइबर ब्युरोलाई उपलब्ध गराएको बताएका छन्।

सोमबार बिहान उनले सामाजिक सञ्जालमै धम्की आएको स्क्रिनसट सार्वजनिक गरेका थिए। पोस्टमा उनले आफूले प्रतिपक्षको भूमिका सक्रिय रूपमा निर्वाह गरिरहेका बेला यस्तो धम्की आएको उल्लेख गरेका छन्। उजुरीमा साम्पाङले आफू, आफ्नो परिवार र घरको सुरक्षाका लागि समेत आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन माग गरेका छन्। राजनीतिक अभिव्यक्तिका क्रममा आएका यस्ता धम्कीलाई उनले लोकतान्त्रिक अभ्यासमाथिको दबाबका रूपमा चित्रित गरेका छन्।

अब साइबर ब्युरोले सार्वजनिक गरिएको टिकटक आईडी, डिजिटल प्रमाण र उजुरीका आधारमा प्राविधिक अनुसन्धान अघि बढाउने तयारी गरेको बुझिएको छ।

संसदीय नेता हर्क साम्पाङलाई ज्यान मार्ने र घर जलाउने धम्की ,अनुसन्धान गरी आवश्यक कारबाहीकाे माग

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *