देश

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो मौलिक कला समेटिएको नयाँ क्यालेण्डर

काठमाडौं। ग्लोबल आइएमई बैंकले नयाँ वर्ष २०८३ को अवसरमा नयाँ क्यालेण्डर सार्वजनिक गरेको छ। यस वर्षको क्यालेण्डरमा पौभा कलाको दिव्य रंग र दर्शनसँगै काठमाडौं उपत्यकाका नेवार समुदायसँग गहिरो सम्बन्ध राख्ने दुर्लभ चित्रहरू समावेश गरिएको बैंकले जनाएको छ।

बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक एवम् कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले संयुक्त रुपमा क्यालेण्डर सार्वजनिक गरेका थिए।

ग्लोबल आइएमई बैंकले केही वर्षयता आफ्नो क्यालेण्डर मार्फत नेपाली कला, साहित्य, संस्कृति र सभ्यता संरक्षण तथा प्रवर्द्धनमा योगदान गर्दै आएको छ। यस वर्ष पनि मौलिक चित्र र सांस्कृतिक विशेषताहरूलाई प्राथमिकता दिइएको छ।

नेपालभर आफ्नो तीन सय ५२ शाखा, तीन सय ७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन शाखा र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिने ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रूपमा परिचित छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *