काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा आफू र आफ्ना सांसदहरू सहभागी नहुने स्पष्ट पारेका छन्। सांसद साम्पाङले संसदको बैठक नै बोलाउनुपर्ने माग गर्दै भने,“प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठक बोलाएको कारण बुझिन। हामी कोठे बैठकमा भाग लिँदैनौँ। हप्तामा कम्तीमा एक पटक संसदको बैठक अनिवार्य रूपमा हुनुपर्छ। जनताको प्रश्नहरूको जवाफ दिनैपर्छ। जय लोकतन्त्र।”
प्रधानमन्त्री बालेन शाहले आज सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दैछन्। यसै सन्दर्भमा प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि बैठकमा बोलाएको थियो।
साम्पाङको निर्णयले सरकार र विपक्षीबीचको छलफलमा राजनीतिक दबाव बढ्ने अनुमान गरिएको छ। उनका अनुसार, सदनको बैठक नगरी कोठे बैठकमा बोलाउनु लोकतान्त्रिक अभ्यासविरुद्धको कदम हो। सांसद साम्पाङको यो अड़ानले आगामी समयमा संसदमा हुने बहस र राजनीतिक संवादको स्वरुपमा प्रभाव पर्ने अपेक्षा गरिएको छ।




