काठमाडौं । नेपाल सरकारको शासकीय सुधार कार्यसूचीलाई समर्थन गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आज आफ्नो भङ्गको घोषणा गरेको छ।
युनियनका अध्यक्ष राजु ओलीले जारी गरेको सूचनामा भनिएको छ कि मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत ‘एक सय कार्यसूची’को १२ नम्बर बुँदामा उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै युनियन आजैदेखि भङ्ग भएको हो।
सरकारी निर्णयअनुसार युनियनले अब आफ्नो संरचना र गतिविधि समाप्त गरी सुधार कार्यान्वयनमा सहकार्य गर्ने जनाएको छ। यस कदमलाई कर्मचारीहरूले संस्थागत सुधार र दक्ष प्रशासनतर्फ उठाइएको सकारात्मक पहलका रूपमा हेरिएको छ। यसैबीच, मन्त्रालय र सम्बन्धित निकायहरूले युनियन भङ्गसँगै आगामी प्रशासनिक सुधारलाई सुचारु रूपमा अघि बढाउने तयारी गरेको जनाइएको छ।




