काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले कुनैपनि विषयमा राजनीतिक पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
आइतबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै संयोजक प्रचण्डले अनुसन्धानमा कहीँकतौ पूर्वाग्रह राख्न नहुने बताएका हुन् ।
उनले भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयमा कहिँकतै राजनीतिक पूर्वाग्रह नहोस्, निष्पक्षता कामय होस् र स्वतन्त्र ढंगले होस् भन्ने कुरा भनिसकेका छौं ।’
उनले सरकारको १०० बुँदे कार्यसूची राखिएको सम्पत्ति छानबिनको विषय आफूहरूले पहिल्यै उठाएको बताए ।




