देश

लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् । उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको जनाइएको छ ।

प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगै लेखकलाई शनिबार पक्राउ गरेको थियो । ‘जेनजी आन्दोलन’मा दमन गरेको आरोपमा चैत १४ गते उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

यसअघि नै ओलीको रिहाइको माग गर्दै पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भइसकेको छ । पछिल्लो घटनाक्रमसँगै दुवै नेताको पक्राउबारे कानुनी बहस तीव्र हुने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *