देश

पूर्वमन्त्री खड्कामाथि सम्पत्ति शुद्धीकरण विभागले थप अनुसन्धान गर्ने

काठमाडौँ । पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई विभाग पठाएको जानकारी दिएको छ ।

खड्कालाई सीआईबीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।

आगजनीपछि उनको नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *