काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीसहित उच्च राजनीतिक व्यक्तित्वहरूको सम्पत्तिमाथि अनुसन्धान अघि बढाइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, साथै पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारको चल–अचल सम्पत्ति र आम्दानी स्रोतबारे अनुसन्धान थालेको हो ।
आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परिसकेका छन् ।




