देश

प्रधानमन्त्री शाहले बनाए सल्लाहकार टिम, प्रमुख सल्लाहकारदेखि आईटी सल्लाहकारसम्म नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा सल्लाहकार टिम बनाएका छन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरिएको छ ।

त्यस्तै प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् । सरकारीतर्फबाट स्वकीय सचिवमा सहसचिव प्रदीप परियारले जिम्मेवारी पाएका छन् । परियार यसअघि बालेन काठमाडौं महानगरको मेयर रहँदा प्रमुख प्राशासकीय अधिकृत भएर काम गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *