कला/साहित्य

‘बखान’ उपन्यास पुरस्कृत

चितवन । यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’लाई प्रदान गरिएको छ ।

साहित्य सङ्गम चितवनले यहाँ आयोजित कार्यक्रममा पराजुलीलाई रु २० हजार नगदसहित दोसल्ला, सम्मानपत्रले सम्मान गरेको हो । त्यस अवसरमा वक्ताहरुले ‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रियस्तरमा स्थापित गरेको उल्लेख गर्दै कृतिले चितवनको सामाजिक यथार्थ बोकेको धारणा राखेका थिए ।

प्राध्यापक डा कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर सङ्गम प्रस्तुत भएको बताए। कार्यक्रममा साहित्यकार बालकृष्ण थपलिया, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठान परिषद् सदस्य प्रकाश चापागाईँलगायतले कृतिका बारेमा धारणा राखे।

साहित्यकार अनिल शर्मा ‘विरही’ले ‘बखान’ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्व झल्काएको बताए । पराजुलीका बखानबाहेक तीनवटा कृति प्रकाशित भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *