देश

एमाले उपमहासचिव भट्टराईको माग : ‘ओली–लेखक तत्काल रिहा गर’

काठमाडौँ । नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई ले पार्टी अध्यक्ष केपी शर्मा ओली र रमेश लेखक को तत्काल रिहाइको माग गरेका छन्।

भट्टराईले कानूनी राज्य र विधिको शासनको उपहास स्वीकार्य नभएको भन्दै, घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबीन हुनुपर्ने बताए। उनले सामाजिक सञ्जालमा लेखेका छन्,“हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु। अविलम्ब रिहाईको माग गर्दछु।”

उनले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस भनी पार्टीले कानूनी र राजनीतिक माध्यमबाट कदम चाल्ने पनि स्पष्ट पारे। भट्टराईले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार संयमित हुनुपर्ने र प्रतिशोध वा बदला होइन, संवाद र सहकार्यको बाटो अपनाउनुपर्नेमा जोड दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *