काठमाडौँ ।नेकपा एमाले का महासचिव शंकर पोखरेल ले पार्टी अध्यक्ष केपी शर्मा ओली लाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत पोखरेलले सरकारलाई जिम्मेवार बन्न र पूर्व प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई अविलम्ब रिहा गर्न आग्रह गरेका हुन्।
उनले लेखेका छन्, “पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर!”साथै, प्रहरीले शनिबार बिहान ओली र लेखकलाई निवासबाटै नियन्त्रणमा लिएको थियो।




