काठमाडौँ । श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ ले पूर्व प्रधानमन्त्री एवं केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सरकार प्रतिशोधमा लागेको टिप्पणी गरेका छन्।
साम्पाङले चुनावको क्रममा नै अरूले जितेमा प्रतिशोधको राजनीति हुने बताएका थिए र प्रगतिको राजनीति भनेको श्रम संस्कृतिमा आधारित हुने बताए।
उनले थपे, “मेरो कुरा ढिलो गरी बुझ्छन्। मैले ओखल्ढुङ्गा कार्यक्रममा भन्याथें – ‘अरु जस्ले जिते नि प्रतिशोधको राजनीति हुन्छ। प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो।’ अब हुने भनेको यस्तै मात्रै हो – आन्दोलन, आन्दोलन अनि आन्दोलन।”




