देश

प्रधानमन्त्री शाह बालुवाटार प्रवेश

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सरकारी निवास बालुवाटार पुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारमा पदबहाली गरी प्रधानमन्त्री शाह साइत पारेर बालुवाटार प्रवेश गरेका हुन्।

प्रधानमन्त्रीका लागि निर्धारित सरकारी निवास बालुवाटारमा प्रवेश गर्नु अघि विशेष पूजापाठ गरिएको थियो।

प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण, मन्त्रिपरिषद् बैठक तथा पदभार ग्रहण सम्पन्न गरी सरकारी निवासमा फर्किएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *