काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई दिइएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षामन्त्री पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन् ।




