देश

नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।

शुक्रवार पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मनत्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विदेश विभाग प्रमुख समेत रहेका मन्त्री खनालले पार्टीमा पर्यटन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हाल्लेका छन् ।

४७ वर्षीय खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् भने वज्रपोर्ट विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *