देश

मन्त्रालय फेरबदल : शाह सरकारले १६ मन्त्रालयमा समेटे, जिम्मेवारी बाँडे

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले केही मन्त्रालय एकीकरण गर्दै कुल मन्त्रालय संख्या १६ मा सीमित गरेको छ। प्रधानमन्त्री शाहले रक्षा र उद्योग तथा वाणिज्य आफैंसँग राख्दा बाँकी १४ मन्त्रीले राष्ट्रपतिबाट सपथ लिएका छन्।

पहिले अलग अस्तित्वमा रहेको युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएको छ। यस मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन्। त्यस्तै, खानेपानी मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समायोजन गरिएको छ र यसको जिम्मेवारी निशा मेहताले पाएकी छन्।

अर्कोतर्फ, वन तथा वातावरण मन्त्रालय पहिलोपटक खारेज भई कृषि मन्त्रालयमा गाभिएको छ, जसको जिम्मेवारी गिता चौधरीले पाएकी छन्।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समायोजित भएको छ। यसको जिम्मेवारी प्रतिभा रावलले पाएकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *