देश

नवनियुक्त प्रधानमन्त्री बालेनको पुख्र्यौली गाउँमा खुसीयाली

जलेश्वर (महोत्तरी)।बालेन्द्र शाह को पुख्र्यौली गाउँमा आज उत्सव मनाइएको छ। महोत्तरीको एकडारा गाउँपालिका–१ का गाउँवासीले प्रधानमन्त्री नियुक्ति अवसरमा रङ, अबिर, फूलमाला र मिठाइ बाँड्दै खुसीयाली मनाएका छन्।

एकडारा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डल का अनुसार, केवल गाउँपालिका–१ मात्र नभई सम्पूर्ण जिल्लावासीले खुसीयाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्। गाउँघरमा पकवान पकाएर खान दिइएको र बटुवालाई लड्डु, पेडा र मिठाइ वितरण गरिएको छ।

प्रधानमन्त्री शाहको घर एकडारा–१ मा पर्दा, त्यहीँमा आज साँझ दीपावली मनाउने कार्यक्रमसमेत आयोजना गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *