देश

कांग्रेसले आफ्ना सांसदका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौँ।नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ मा बसेको बैठकले गरेको निर्णयानुसार पार्टी शनिबार बिहान ११ बजे उक्त कार्यक्रम आयोजना गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिवले विज्ञप्ति जारी गरी शनिबार कार्यक्रम हुने कार्यक्रममा अनिवार्य सहभागिताका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरूलाई आग्रह गरिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *