देश

बालेन सरकारको क्याबिनेट तयारी, तीन मन्त्रालयमा नाम फाइनल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको नयाँ सरकारका लागि मन्त्रीहरूको नाम टुंग्याउने प्रक्रिया तीव्र पारेको छ।

स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन् भने परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम लगभग निश्चित भइसकेको छ। त्यसैगरी, कानुन मन्त्रालय सोविता गौतमलाई दिने सहमति भएको बताइएको छ।

रास्वपाका एक शीर्ष नेताले  भने, “स्वर्णिम, शिशिर र सोविताको मन्त्रालय टुंगिसकेको छ। अन्य मन्त्रालयका नामहरू पनि लगभग अन्तिम चरणमा पुगेका छन्।”

यसैबीच, सम्भावित मन्त्रीहरूको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादी लगायतका नाम चर्चामा छन्। यद्यपि, यी नामहरूको औपचारिक पुष्टि भने हुन बाँकी छ।

स्रोतका अनुसार मन्त्री बन्ने व्यक्तिहरूलाई पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह तथा उनको सचिवालयबाट फोन र एसएमएसमार्फत जानकारी दिइसकिएको छ।

आज दिउँसो साढे १२ बजे बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ। त्यसपछि मन्त्रीहरूको पनि शपथ ग्रहण गराइनेछ।

त्यस्तै, सभामुख पदका लागि डीपी अर्यालको नाम पनि टुंगो लागेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *