काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोहमा सहभागी हुन सिंहदरबार पुगेका पुनले सञ्चारकर्मीसँग कुरा गर्दै जनताको जनादेशअनुसार प्रतिपक्षमा बसेर प्रभावकारी संसदीय भूमिका खेल्ने धारणा व्यक्त गरे ।
उनले विगतमा हासिल गरेको संसदीय अनुभवलाई यस कार्यकालमा उपयोग गर्दै सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाए ।




