मुख्य समाचार

सुशासन र आर्थिक पुनर्संरचना सरकारको प्राथमिकताः डा. वाग्ले

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले आगामी सरकारको मुख्य प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुने बताएका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ कार्यक्रममा सहभागी हुन सिंहदरबार पुगेका वाग्लेले गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गर्नु अबको प्रमुख कार्यभार रहेको धारणा राखे ।

उनका अनुसार जनताले दिएको जनादेशअनुसार सरकार प्रभावकारी ढंगले काम गर्दै आर्थिक क्षेत्रलाई पुनर्संरचना गर्ने दिशामा अघि बढ्नेछ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित संसद्मा प्रवेश गरेको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेपालका ४३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुने तयारीमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *