काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टीले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
नवनिर्वाचित सांसदहरूको शपथ समारोहमा सहभागी हुन सिंहदरबारस्थित संसद् भवन पुगेका राईले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारलाई सिर्जनात्मक सहयोग र आवश्यकताअनुसार आलोचनात्मक समर्थन गर्ने धारणा व्यक्त गरे ।
“प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन प्रश्न गर्छौँ, सहयोग पनि गर्छौँ । सरकारले गर्नुपर्ने काममा रचनात्मक साथ दिन्छौँ,” उनले भने, “सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिका रहनेछ ।”
सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित राईले स्वच्छ पिउने पानीको पहुँच देशभर विस्तार गर्न आफू सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरे ।




