देश

जनताले दिएको विश्वासलाई शतप्रतिशत नतिजामा रूपान्तरण गर्नुपर्छ : मनिष झा

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले जनताले यसपटक व्यापक रूपमा मत दिएको उल्लेख गर्दै त्यसको शतप्रतिशत नतिजा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका लागि सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले विश्वमा संसदीय राजनीति सात सय वर्ष पुरानो भए पनि नेपालको संसदीय अभ्यास भने करिब ६६ वर्ष मात्रै पुरानो रहेको उल्लेख गरे ।

“विश्वको भूराजनीति र अर्थतन्त्रको बदलिँदो परिवेशबीच ६६ वर्षको हाम्रो संसदीय यात्रालाई अबको कार्यकालले थप दुई–चार दशक अगाडि पुर्‍याउनुपर्छ,” उनले भने, “अब म्याराथनको गतिमा अघि बढ्ने समय हो । शतप्रतिशत परिणाम दिनु आजको आवश्यकता हो ।”

झाले जनताले दिएको सुविधाजनक मतले आफूहरूलाई थप जिम्मेवार बनाएको पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *