देश

इनिशा विक हत्या प्रकरणः प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले इनिशाको मृत्यु भएको १९ दिनपछि बुधबार सम्पूर्ण अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जनाएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी इनिशाको गत फागुन २३ गते मृत्यु भएको थियो। सो दिन बिहान ६ बजे ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बिहान करिब ९ बजे अचेत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीले उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अब उक्त प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोजन प्रक्रिया अघि बढाउनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *