तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिसहरु लेबनानबाट सिरियामा प्रवेश को आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओएम) ले जनाएको छ । सङ्गठनका अनुसार देशमा बढ्दो इजरायली आक्रमणको बिचमा मार्च देखि दश लाख भन्दा बढी मानिसहरु लेबनान भित्रै विस्थापित भएका छन् ।
आइओएमका महानिर्देशक एमी पोपले निरन्तरको आक्रमणले कमजोर समुदायहरूमा धेरै दबाब दिइरहेको र मानवीय सङ्कठहरू बढाइरहेको उल्लेख गर्नु भएको छ ।
उहाँले वर्तमान अवस्थाले आप्रवासनलाई उल्लेख्य असर गरेको बताउदै दबाब बढ्दै जाँदा मानवीय सङ्कट गहिरिदै गएको चेतावनी दिएको छ ।
आप्रवासी र आन्तरिक रूपमा विस्थापित लगायत नागरिकहरूको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण सम्मान गर्न जोड दिँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयमताका साथ तत्काल समस्याको समाधान गर्न आह्वान गर्नु भएको छ ।




