काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी अभियोगपत्र फिर्ता माग गर्दै दायर रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा परेको छ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सुनुवाइ हुँदै आएको रिट बिहीबार (चैत १२) का लागि तोकिएको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले रिट दायर गरेका थिए।




