देश

काँग्रेस केन्द्रीय समिति बैठकमा गगन थापाले आफ्नो धारणा राख्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले आजको वैठकमा भाग लिने भएका छन् ।

आज सभापति थापाकै सभापतित्वमा बैठक बस्ने र उनले आजको बैठकमा आफुले दिएको राजीनामाको पृष्ठभूमि, पार्टीको निर्वाचनको पराजय बारे आफ्नो धारणा राख्ने बताइएको छ ।

त्यस्तै उनले पार्टीको आगामी कार्यदिशा र प्राथमिकता बारेमा पनि केन्द्रीय समिति बैठकमा बोल्ने भएका छन् ।काँग्रेसको यस बैठकले पार्टीको नियमित महाधिवेशन बारे निर्णय लिन सक्ने समेत बताइएको छ । काँग्रेसले आगामी असोजसम्म १५औं महाधिवेशन गर्ने गरी तयारी गर्ने भएको छ ।

यसअघि शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *